Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

चीनमा राष्ट्रिय फुटबल टिमका खेलाडीलाई ट्याटु खोप्न प्रतिबन्ध, खोपेकाले पनि हटाउनु पर्ने

एजेन्सी । चीनले राष्ट्रिय टोलीका लागि फुटबल खेल्ने खेलाडीहरूलाई ट्याटु खोप्न प्रतिबन्ध लगाउँदै ट्याटु भएका खेलाडीहरूलाई त्यो हटाउन निर्देशन दिएको छ।

बीबीसीका अनुसार चिनियाँ खेलकुद प्रशासन कार्यालयले राष्ट्रिय स्तर र युवा टोलीमा ट्याटु भएका नयाँ खेलाडीहरू राख्न कडा प्रतिबन्ध लगाएको जनाएको हो।

कार्यालयले समाजमा राम्रो उदाहरण प्रस्तुत गर्न यस्तो प्रतिबन्ध लगाइएको जनाएको छ। मन्त्रालयले जाङ लिन्पेङ जस्ता राष्ट्रिय खेलाडीहरूलाई यसअघि नै आफ्नो ट्याटु छोप्न भनिएको थियो।

चीनले सन् २०१८ देखि नै टिभीमा ट्याटु देखिनबाट रोक्न नयाँ निर्देशनहरू जारी गर्न थालेको हो। त्यसयता केही व्यावसायिक खेलाडीहरूले ट्याटु छोप्न लामो बाहुला भएको जर्सी प्रयोग गरिरहेका छन्।

एक विज्ञप्तिमा चीनको जनरल एड्मिनिस्ट्रेसन अफ स्पोर्टसले ट्याटु भएका राष्ट्रिय खेलाडीहरूलाई ट्याटु हटाउन सुझाव दिइएको जनाएको छ। 'विशेष अवस्थामा प्रशिक्षण र प्रतियोगिताको समयमा ट्याटु छोप्नु पर्छ,' विज्ञप्तिमा भनिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077