Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

माओवादी केन्द्रद्धारा केन्द्रीय कमिटी घोषणा, महाधिवेशन सकियो

काठमाडौं । माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत बन्दसत्रमा प्रस्ताव गरेको केन्द्रीय सदस्यहरुको नामावली पारित गरेको छ । अध्यक्ष पुष्पकमल दाहालले तयार पारेको प्रस्ताव आइतबार बेलुकी बन्दसत्रबाट पारित भएको हो ।

केन्द्रीय सदस्यहरुको महाधिवेशन हलबाट पारितसँगै माओवादीको महाधिवेशन सकिएको छ ।

हलमा अध्यक्ष मण्डलको तर्फबाट कृष्णबहादुर महराले बन्दसत्र सकिएको र सबैलाई धन्यवाद दिएका छन् । उनका अनुसार नवनिर्वाचित घोषित केन्द्रीय समितिको सोमबार बैठक बस्ने छ । उक्त बैठकले पदाधिकारी चयनको विषय टुंग्याउने उनले जानकारी दिए । माओवादी केन्द्रीय कमिटी २९९ सदस्यीय रहेको छ ।

हलबाट दाहालले ८० बाँकी अन्य केन्द्रीय सदस्यहरुको नाम घोषणा गरेका थिए । माओवादीको पहिलो केन्द्रीय कमिटीको बैठक सोमबार बस्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077