Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाकिस्तानी सैनिकलाई तालिवानको खुला चुनौती, सिमानामा लगाइएको बार भत्काइयो

एजेन्सी । पाकिस्तानले अफगानिस्तानको तालिबान सरकारलाई समर्थन गरिरहेकैबेला तालिबान र पाकिस्तानबीचको सीमा विवाद चर्किएको छ । तालिबानले फेरि एकपटक पाकिस्तानी सेनाले डुरेन्ड लाइनमा लगाएको बार ध्वस्त पारेको छ । सामाजिक सञ्जालमा शेयर गरिएको भिडियोमा तालिबान सैनिकहरूले दक्षिणी अफगानिस्तानको सिमानामा लगाइएको बार भत्काएको देख्न सकिन्छ । तालिबानले पाकिस्तानले सीमामा तारबार लगाउने कामलाई एकतर्फी र गैरकानूनी भन्दै भत्काएको जनाएको छ । तालिवानले पाकिस्तानलाई सीमामा तारबार लगाउने अधिकार नभएको बताएको छ । अफगानिस्तानमा टोलो न्युज टिभीका वरिष्ठ संवाददाता अब्दुलहक ओमेरीले तालिवान रक्षा मन्त्रालयका प्रवक्ताले पाकिस्तानलाई तारबार लगाएको भिडियो साझा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077