Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसले टुंग्यायो राष्ट्रियसभाका ६ उम्मेदवार (नामावलीसहित)

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाका ६ उम्मेदवारहरुको टुंगो लगाएको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको दोस्रो बैठकले उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।

जसअनुसार प्रदेश १ मा गोपालकुमार बस्नेत, बागमतीमा कृष्णप्रसाद पौडेल, गण्डकीमा कमला पन्त, लुम्बिनीमा युवराज शर्मा, कर्णालीमा दुर्गाकुमारी गुरुङ र सुदूरपश्चिम प्रदेशमा नारायण मिश्र उम्मेदवार बनेका छन् ।

यसअघि आजै बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा (सत्तारुढ गठबन्धन) भएको सहमतिअनुसार कांग्रेसको भागमा ६ सिट परेको थियो ।

यस्तै, बैठकले आगामी माघ १२ गते हुने मतदानमा गठबन्धनका उम्मेदवारहरुलाई मत दिन समेत आह्वान गरेको छ।

यसअघि पार्टी केन्द्रीय कार्यसमितिको पहिलो बैठक यही पुस १० गते बसेको थियो ।


 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077