Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

२० बर्षिया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा २८ बर्षे युवक पक्राउ

काठमाडौं । बीस वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ विराटचोक घर भइ काठमाडौँ बुढानिलकण्ठ ५ बिष्णुमती बस्ने २८ वर्षीय बिनोद भण्डारी रहेका छन्।

भण्डारीलाई सोमबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ।

महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठका अनुसार भण्डारीले ती युवतीलाई लागूऔषध सेवन गराएर बिहीबार साँझ जबरजस्ती करणी गरेको पीडितको भनाइ छ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077