Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

रेल्वे कम्पनीको कर्मचारी हुँ भन्दै ठगी गरेको आरोपमा युवक पक्राउ

जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले नेपाल रेल्वे कम्पनीको नियुक्तपत्र दिएर ठगी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका वडा नम्वर ७ दनौली बनौलीका ३२ वर्षीय सागर कान्त चौधरी रहेका छन् ।  चौधरीलाई जनकपुरबाट आइतबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

चौधरीले आफू लोक सेवाआयोग तथा नेपाल रेल्वे कम्पनी लिमिटेडको पदाधिकारी तथा कर्मचारी रहेको भनी नियुक्ति पत्रलगायतका कागजातहरु स्थानीय मानिसहरुलाई देखाई ठगी गरिरहेको भन्दै सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार चौधरीको साथबाट लोक सेवा आयोगको नतिजा प्रकाशन शाखा, नेपाल रेल्वे कम्पनी लिमिटेड कम्पनी लेखिएको पाना, विभिन्न व्यक्तिको नाममा रहेको नियुक्ती पेपर, शपथ ग्रहण पाना, नेपाल ईन्भेष्ट बैंक लिमिटेडको राजेश कापरको नाउको दस्तखत भएको खाली चेक, पर्सा जिल्ला अदालत विरगंज लेखिएको रबर स्टाम्प छाप बरामद गरिएको छ।

चौधरीलाई धनुषा जिल्ला अदालतबाट लिखत सम्बन्धी कसुर मुद्दा शिर्षकमा सात दिनको म्याद लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077