Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ३३ किलो सुन काण्ड : विमानस्थलबाट ‘गोरे’ का भाइ पक्राउ

    ३३ किलो सुन काण्ड : विमानस्थलबाट ‘गोरे’ का भाइ पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २० पुष २०७८
  • 2.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । ३३ किलो सुन प्रकरणका मुख्य आरोपी चुडामणि उप्रेती ‘गोरे’का भाइ पक्राउ परेका छन् । मोरङ उर्लाबारी नगरपालिका–७ का ‘गोरे’का भाइ रमेश उप्रेती पक्राउ परेका हुन् ।

    प्रहरी प्रधान कार्यालयका प्रवक्ता एसएसपी बसन्त बहादुर कुँवरका अनुसार उनलाई दुबईबाट ल्याइएको हो । यद्यपि, प्रहरीले भने उनी एयर अरेबियाको विमानमार्फत् काठमाडौं आउँदै गरेको सूचनाका आधारमा विमानस्थलबाट पक्राउ गरिएको दाबी गरेको छ ।



    २०७४ साल माघको पहिलो साता विमानस्थलबाट बाहिरिएको सुन गायव भएको थियो। सो प्रकरणमा गोरेको समूहले यातना दिँदा एक जनाको ज्यानसमेत गएको थियो।



    उक्त घटनामा ६३ जनालाई प्रतिवादी बनाउँदै मोरङ अदालतमा मुद्दा दायर भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार