Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम छनौटको उपाधि कञ्चनपुरले जित्यो

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम छनौटको उपाधि कञ्चनपुरले जितेको छ । फाइनल खेलमा कञ्चनपुरले बैतडीलाई ३८ रनले हराएर उपाधि हात पारेको हो ।

कञ्चनपुरले दिएको १९६ रनको लक्ष्य बैतडीको पारी १५७ रनमा समेटियो । बैतडीका लागि गजेन्द्र बोहराले सर्वाधिक २६ रन बनाए । बलिङतर्फ कञ्चनपुरका आदित्य महताले तीन तथा अर्जुन साउद र प्रकाश विष्टले दुई दुई विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित ४० ओभरमा आठ विकेट गुमाउँदै १९५ रन जोड्यो । उसका लागि अनुराग सिंहले ४७ र हेमन्त धामीले ४२ रन बनाए । बलिङतर्फ बैतडीका लागि जगदीश चन्दले तीन विकेट लिए ।

कञ्चनपुरका आदित्य महतालाई खेलको म्यान अफ दी म्याच घोषित गरिएको सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिए । यही पुस १४ गतेदेखि सुरु भएको प्रदेशस्तरीय छनौट प्रतियोगितामा आठ जिल्लाका टोली सहभागी थिए । सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई छनौट गरी सुदूरपश्चिमको टोली बनाइनेछ ।

उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ गतेदेखि काठमाडौँमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077