Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • खोप लगाउँदा प्रयोग हुने ६ लाख सिरिन्ज नेपाल ल्याइयो

    खोप लगाउँदा प्रयोग हुने ६ लाख सिरिन्ज नेपाल ल्याइयो

    अनलाइन नेपाल
  • बुधबार, २१ पुष २०७८
  • 1.5K
    SHARES

    काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाउँदा प्रयोग हुने ६ लाख सिरिन्ज नेपाल पुगेको छ । अमेरिकाबाट ६ लाख ६६ हजार सिरिन्ज मंगलबार नेपाल ल्याइएको हो।

    स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख सुरेन्द्र चौरसियाका अनुसार फाइजर खोपका लागि प्रयोग हुने सिरिन्ज नेपाल ल्याइएको हो।



    सिरिन्ज अभाव हुँदा यही पुस १३ गतेदेखि काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, सिन्धुली, डडेल्धुरा र सुर्खेतसहित आठ जिल्लामा बालबालिकालाई लगाइने फाइजर खोप अभियान रोकिएको थियो। ती जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका लागि खोप लगाउने तयारी छ।



    बालबालिकाका लागि लगाउने ६ लाख ६४ हजार ५६० मात्रा फाइजर खोप आइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार