Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले काठमाडौं मेडिकल कलेज (केएमसी) र विराटनगर नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई पक्राउ गर्न  निर्देशन दिएको छ ।

मन्त्रालय स्रोतका अनुसार चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिएपछि विवादमा परेका संचालक शर्मामाथि कारबाही गर्न गृहले जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई निर्देशन दिएको हो । गृहले गरेको पत्राचारमा चिकित्सा शिक्षा आयोगलाई समेत बोधार्थ दिएको छ ।

आयोगले तोकेभन्दा २० लाख रुपैयाँ बढी शुल्क लिएपछि चिकित्सा शिक्षा आयोगले काठमाडौ मेडिकल कलेज, नोवेल कलेज बिराटनगर र पोखराको मणिपाल शिक्षण अस्पताललाई ४८ घण्टे स्पष्टिकरण सोधेको थियो ।

तर, कलेजका सञ्चालक सुनिल शर्माले शुल्क निर्धारणमै असहमति भएपनि नियामक निकायले तोकेकै शुल्क लिने प्रतिबद्धता जनाएका थिए । शर्माले प्रतिबद्धता जनाएपनि तोकेभन्दा बढी शुल्क लिन भने छाडेनन् । त्यसपछि विद्यार्थीहरुले पुन विभिन्न निकायमा उजुरी दिएका थिए।

यस बिषयमा काठमाडौंका सीडीओ गोविन्दप्रसाद रिजालले पनि गृह मन्त्रालयबाट अनियमित शुल्क लिने नोवेल मेडिकल कलेजलाई प्रचलित कानुन अनुसार कारबाही गर्न पत्राचार भएको स्वीकार गरे । उनका अनुसार गृहले पठाएको पत्र प्राप्त  भएको छ । यदि बढी शुल्क लिएको पाइए प्रचलित कानुन अनुसार ठगीमा मुद्दा चलाउने सीडीओ रिजालको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077