Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • भारतबाट जीटुजीमार्फत मल खरिद गर्ने सरकारको निर्णय

    भारतबाट जीटुजीमार्फत मल खरिद गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बुधबार, २१ पुष २०७८
  • 1.4K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सरकारले भारतबाट जीटुजीमार्फत मल खरिद गर्ने भएको छ ।

    आज बसेको मन्त्रिपरिषद्को बैठकले मल खरिद गर्नका लागि सम्झौता गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।



    भारत सरकारसँग मल खरिदका लागि पाँच वर्षका लागि सम्झौता गर्नेगरी निर्णय भएको बताइएको छ ।



    पहिलो वर्ष डेढ लाख मेट्रिकटन मल खरिद हुने छ भने त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जानेगरी सम्झौता हुन लागेको कृषिमन्त्री महिन्द्र राय यादवले बताए ।

    प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएको बेला यसबारे सचिवस्तरीय सम्झौतापत्रमा हस्ताक्षर हुने बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार