Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

मन्दिरबाट देवी देवताको मूर्ति चोरी गर्ने युवक प्रहरीको फन्दामा

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्जस्थित रामजानकी मन्दिरबाट देवी देवताको मूर्ति चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका– १ का २५ वर्षीय असरफ बागवान रहेका छन् ।

बागवानलाई तीन थान मूर्तिसहित मन्दिरबाट विभिन्न सामग्री चोरी गरेर लुकाएर राखेको अवस्थामा  पक्राउ गरिएको प्रहरीको भनाइ छ।

बागवानको साथबाट देवीदेवताका तीन थान मूर्ति, नाग देवताको दुई थान मूर्ति, पाँचवटा घण्टी तीनवटा त्रिशुल, चार थाना तामाको लोटा, एक थान आरती, आठ थान पाला छोप्ने ढक्कन बरामद गरेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077