Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एन्फाको बैठक आजलाई स्थगित, शुक्रबार फेरी बस्ने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक स्थगित भएको छ ।

सातदोबाटोस्थित एन्फा मुख्यालय ढिला गरी बसेको बैठक पूरा एजेन्डामा छलफल नभएपछि पुनः शुक्रबार बस्ने गरी स्थगित भएको हो ।

'पहिलो दिन छ एजेन्डामा छलफल भए । पुनः भोलि बस्ने गरी स्थगित भएको छ,' एन्फा स्रोतले भन्यो । वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्बाङसहित सात सदस्यले १ पुसमा कार्यकारी समितिको बैठक माग गरेपछि आज बैठक बसेको हो ।

वरिष्ठ उपाध्यक्ष विक्रमसहित उपाध्यक्षद्वय वीरबहादुर खड्का, कृष्ण थापासहित सदस्यहरू किरण राई, दावा लामा, दिनेश व्यञ्जनकार, निरोज खड्गीले लिखित माग गरेपछि एन्फाले १२ पुसमा बैठक मिति तय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077