Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एन्फा बैठक आज पनि बस्दै, यी हुन् एजेण्डा

काठमाडौं । अखिल नेपाल फुटबल संघ ‘एन्फा’को पूर्णकालीन कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ । पहिलो दिन बिहीबार सबै एजेण्डामाथि छलफल नसकिएपछि बैठक आज बिहान ९ बजे बस्न लागेको हो ।

बरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङसहित सात सदस्यले १ पुसमा कार्यकारी समितिको बैठक माग गरेपछि अध्यक्ष कर्मा छिरिङ शेर्पाले कार्यसमितिको बैठक बोलाएका हुन् ।

पंकज विक्रम, उपाध्यक्षद्वय वीरबहादुर खड्का, कृष्ण थापा तथा सदस्य किरण राई, दावा लामा, दिनेश ब्यञ्जनकार, निरोज खड्गीले लिखित माग गरेपछि एन्फाले बैठक तय गरेको थियो ।

एन्फाले १५ पुसमा १९ एजेन्डा बनाएर बैठक बस्ने आफ्ना सदस्यलाई पत्र पठाएको थियो । त्यसपछि विधान अनुसार उपाध्यक्ष पंकज र वीरबहादुरले ६ एजेन्डा थप गर्न माग गर्दा दावाले ४ तथा राईले ३ एजेन्डा थप माग गरेका थिए । एन्फा सचिवालयले राईको मात्रै एजेण्डा थप गरेको थियो ।

२० पुसमा एन्फा पूर्वअध्यक्ष गणेश थापाले व्यक्तिगत धारणा राख्न पठाएको पत्रले कार्यसमितिमा स्थान पाएन । फिफा प्रतिबन्धपछि पहिलो पटक औपचारिक रुपमा एन्फामा पत्र दर्ता गराएका थापाको पत्रलाई स्थान नदिने एन्फाले निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077