Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एन्फा कार्यसमिति निर्वाचनको मिति जेठ १५ गते तोकियो

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति निर्वाचन आगामी जेठ तेस्रो साता हुने भएको छ। एन्फाको कार्यसमिति बैठकले आगामी जेठ १५ गतेका लागि साधारण सभाको मिति तय गरेको हो।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा बिहिबार र शुक्रबार बसेको बैठकले साधारण सभाको मिति तय गरेको हो।

आगामी माघ २० गतेभित्र जिल्ला तथा प्रदेश फुटबल संघ लगायत सदस्य संघहरूको निर्वाचन तथा साधारण सभाको निम्ति निर्वाचन नियमावली तथा निर्वाचन निर्देशिका बनाई जारी गर्ने र माघ २९ गते एन्फा विशेष साधारण सभा बोलाउने मिति तय गरेको छ।

फागुन १८ देखि ३० सम्म जिल्ला संघको निर्वाचन र साधारण सभा सकेपछि चैत १ देखि १० गतेसम्म प्रदेश संघको निर्वाचन गर्ने र जेठ १५ गते निर्वाचन साधारण सभा गर्ने निर्णय गरेको हो।

निर्वाचनका लागि कार्यसमिति सदस्य किरण राई संयोजक र मधुसुदन उपाध्याय उप संयोजक रहने गरि ९ सदस्यीय निर्वाचन नियमावली मस्यौदा समिति गठन गरेको छ।

एन्फा कार्यसमितिको निर्वाचन वैशाख २२ गते २०७५ भएको थियो। त्यो बेला एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा नेतृत्व प्यानल नै विजयी भएको थियो।

ए, बी र सी डिभिजनका क्लबले लिग तयारीका लागि दिदै आएको तयारी खर्चमा २ लाख ५० हजार थप्ने निर्णय गरेको छ।महिला राष्टिय लिग माघ १५ गतेदेखि संशोधित बजेटसहित पायक पर्ने स्थानमा आयोजना गर्ने निर्णय पनि एन्फाले गरेको छ।

यस्तै विभिन्न प्रतियोगितामा विजेता तथा उपविजेता हुने टोलीलाई दिइने पुरस्कारको सम्बन्धमा एन्फा अध्यक्षको संयोजकत्वमा पाँच सदस्यीय समिती गठन गरेको छ।

जसमा वरिष्ट उपाध्यक्ष र तिन उपाध्यक्ष रहने गरि १५ दिन भित्र पुरस्कारको मापदण्ड तयारी गरि समितीको सिफारिस अनुसार पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077