Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

त्रिविले उपप्राध्यापकसहित चार कर्मचारीलाई सोध्यो स्पष्टीकरण

काठमाडौं । त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय कर्मचारी प्रशासन महाशाखा कीर्तिपुरले एक जना उपप्राध्यापकसहित चार जनालाई स्पष्टीकरण सोधेको छ।

रत्नराज्यलक्ष्मी क्याम्पस प्रदर्शनीमार्गका उपप्राध्यापक चिरंवीवि काफ्ले, सोही क्याम्पसकी लेखा सहायक सावित्रा गौतम, चिकित्सा शिक्षा अध्ययन संस्थान डीनको कार्यालय महाराजगञ्जका मुख्य प्राविधिक सहायक सुजन गुरूङ र सामान्य प्रशासन महाशाखा कीर्तिपुरकी कार्यालय सहयोगी शर्मिला डंगोललाई स्पष्टीकरण सोधिएको त्रिविले सूचना निकालेर उल्लेख गरेको छ।

उनीहरू सम्बन्धित कार्यालयमा नआएकोले स्पष्टीकरण सोधिएको हो। उपप्राध्यापक काफ्लेले ०७४ जेठ २ देखि ०७५ जेठ १ गतेसम्म अध्ययन बिदा लिए पनि हालसम्म सम्पर्कमा आएका छैनन्।

गौतम भने बेतलवी बिदा माग गरेको र अस्वीकृत भएपछि सम्पर्कमा नरहेको त्रिविले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077