Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय सभा निर्वाचन : आजदेखि आचारसंहिता लागू, पालना नभए कारबाही गर्ने चेतावनी

काठमाडौं । आउँदो माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । निर्वाचन आयोगले आचारसंहिता पालना नभए कारबाही गर्ने चेतावनी दिएको छ ।

तीनै तहको सरकार, सरकारका मन्त्रीहरु, सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारीलाई आचारसंहिता लागू हुने निर्वाचन आयोगले जनाएको छ ।

त्यसैगरी आचारसंहिता लागू हुने अन्य निकायमा अर्ध सरकारी निकायका कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी रहेका छन् ।

राष्ट्रिय सभामा रिक्त हुने १९ सदस्यका लागि माघ १२ गते चुनाव हुन लागेको हो । त्यसका लागि प्रदेश-२ मा दुईवटा मतदान स्थल र अरु प्रदेशमा एक/एक मतदानस्थल रहने निर्वाचन आयोगले जाएको छ । आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि २०२५ जना मतदाताको नामावली स्वीकृत गरेको छ ।

आयोगले राष्ट्रिय सभा सदस्य चुनावमा सहभागी हुने दलहरुलाई हिजो चुनाव चिह्न प्रदान गरेको छ । राष्ट्रिय सभा सदस्य चुनावमा सातवटै प्रदेशमा ४३ जना उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077