Online Nepal
  • बुधबार, ९ जेष्ठ २०८१
  • भोलिदेखि माघ १५ गतेसम्म सबै विद्यालयहरु बन्द, विश्वविद्यालयको परीक्षा भने नरोकिने

    भोलिदेखि माघ १५ गतेसम्म सबै विद्यालयहरु बन्द, विश्वविद्यालयको परीक्षा भने नरोकिने

    अनलाइन नेपाल
  • सोमबार, २६ पुष २०७८
  • 1.7K
    SHARES

    काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भोलि पुस २७ गतेदेखि आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

    मन्त्रालयले सोमबार विज्ञप्तिमार्फत उक्त जानकारी दिएको हो । साथै, मन्त्रालयले बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षभन्दा माथिका सबै उमेर समूह, पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन सिफारिस समेत गरेको छ।



    त्यस्तै,  विश्वविद्यालय शैक्षिक प्रतिष्ठानहरुको पूर्वनिर्धारित सेमेष्टर, वार्षिक परीक्षाका कार्यक्रमहरु जनस्वास्थ्य र सुरक्षाको मापदण्डहरु पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको छ । जेड आकारमा विद्यार्थीको बसाइ व्यवस्था गरी परीक्षा सञ्चालन गर्न मन्त्रालयले आग्रह गरेको छ ।



    सोमबार बिहान शिक्षा मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको थियो ।

    हेर्नुहोस् मन्त्रालयको सूचना:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार