Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • इण्डियन आइडल पवनदीप नेपाल आउँदै, एलओडीमा कन्सर्ट हुने

    इण्डियन आइडल पवनदीप नेपाल आउँदै, एलओडीमा कन्सर्ट हुने

    अनलाइन नेपाल
  • सोमबार, २६ पुष २०७८
  • 1.7K
    SHARES

    काठमाडौं । इण्डियन आइडल सिजन-१२का विजेता पवनदीप राजन नेपाल आउने भएका छन् ।

    पवनदीप यही माघ १ गते काठमाडौंको ठमेलस्थित एलओडी क्लबमा आयोजना हुने कन्सर्टका लागि नेपाल आउने भएका हुन् ।



    कोरोना महामारीले थलिएको ठमेललाई सांगीतिक माहोलबाट तताउन पवनदीपलाई ल्याएर कार्यक्रम गर्न लागेको एलओडी क्लबका संचालकको भनाइ छ।



    यद्यपि पछिल्लो समय सरकारले कोरोना भाइरसको नयाँ भेरियण्ट ओमिक्रोन संक्रमणको जोखिम बढ्दै गएपछि नयाँ नियमहरु जारी गरेको छ। जसमा सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी उपस्थित हुन नपाइने उल्लेख छ।

    यसअघि पनि एलओडीमा भारतीय कलाकारका साथै अन्य विदेशी कलाकारहरुले आफ्नो प्रस्तुति दिइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार