Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • ‘इन्डियन आइडल–१२’ को विजेता बने पवनदीप राजन, यस्तो छ उनको सांगीतिक यात्रा

    ‘इन्डियन आइडल–१२’ को विजेता बने पवनदीप राजन, यस्तो छ उनको सांगीतिक यात्रा

    अनलाइन नेपाल
  • सोमबार, ३२ साउन २०७८
  • 2.9K
    SHARES

    एजेन्सी । भारतीय गायक रियालिटी शो ‘इन्डियन आइडल–१२’ पवनदीप राजनले जितेका छन्। इन्डियन आइडल १२ को उपाधि जितेसँगै पवनदीपले ट्रफी, २५ लाख भारतीय रुपियाँसँगै एउटा कार पनि पाएका छन्।

    अरुणिता कांजीलाल ‘इन्डियन आइडल–१२’ को फस्टर रनअ अप भएकी छिन्। तेस्रो स्थानको ट्रफी सायली कांबलेले जितेका छन्। यस्तै, चौंथो स्थानमा मोहम्मद दानिश, पाँचौँ स्थानमा निहाल र शनमुखाप्रिया सबैभन्दा कम भोट प्राप्त गरेर छैटौँ स्थानमा परिन्।



    १२ घण्टा लामो फाइनल एपिसोडमा बलिउडका स्टारहरुको बाक्लो उपस्थिती रहेको थियो। पवनदीप सीजनको सुरुवातदेखि नै निर्णायकहरु, दर्शक र प्रतिष्पर्धीहरुसमेतको प्रिय थिए। गाउँदा आफैं बाजाहरु बजाउने उनी धेरैले रुचाएको प्रतिस्पर्धी थिए।



    पवनदीपको जन्म सन् १९९६ को जुलाई २७ मा उत्तराखण्डको चंपावतमा भएको थियो। उनका पिता सुरेश राजन पनि गायक हुन्। उनका पिता उत्तराखण्डको सार्वजनिक कार्यक्रमहरुमा गाउने गर्छन्। कलेजका दिनहरुमा पवनदीपले युथ फेस्टिभलमा भाग लिएका थिए। उनी ‘द भ्वाइस अफ इन्डिया’ पनि गएका थिए। सन् २०१५ मा ‘द भ्वाइस अफ इन्डिया’ जितेका उनले ५० लाख भारतीय रुपियाँ र कार जितेका थिए।

    पवनदीपले सन् २०१५ मा ‘यकीन’ गीत रिलीज गरेका थिए। उनी उत्तराखण्डका युथ ब्राण्ड एम्बास्डर पनि चुनिएका थिए। उनले सन् २०१६ मा एरोन हारुन राशिदसँग एल्बममा गीत पनि गाएका थिए। उनले सन् २०१७ मा फिल्म ‘रोमियो एन बुलेट’ मा गीत गाएका थिए।

    पवनदीपले साढे २ वर्षकै उमेरमा तबला बजाएर अवार्ड पनि जितेका थिए। उनले करिब १३ वटा देश र भारतका १४ राज्यमा करिब १२०० वटा शो गरिसकेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार