Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

आजदेखि देशभरका आधारभूत र माध्यमिक तहका विद्यालय बन्द

काठमाडौं । कोभिड-१९ को संक्रमण उकालो लाग्न थालेपछि सरकारले आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरेको छ ।

२५ पुसको सिसिएमसिसीको सिफारिस र त्यसको भोलिपल्ट शिक्षा मन्त्रालयको निर्णयअनुसार आज (मंगलबार)देखि लागू हुनेगरी देशभरका ३५ हजार विद्यालयमा पठनपाठन बन्द भएको हो । विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानको पठनपाठनका विषयमा भने कुनै निर्णय भएको छैन। यद्यपि परीक्षाका कार्यक्रम भने जनस्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न भनिएको छ ।

बिदाको अवधिमा विद्यालयहरूले सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यार्थीको सिकाइमा आवश्यक सहजीकरणको प्रबन्ध मिलाउन शिक्षा मन्त्रालयले आग्रह गरेको छ।

सिसिएमसिसीका प्रवक्ता सुनिता नेपाल बालबालिकामा कोभिडको जोखिम बढेपछि यस्तो निर्णय लिनुपरेको बताउँछिन् । साथै शिक्षा मन्त्रालयले बिदाको अवधिमा १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा खोप लगाउन स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077