Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • आफ्नै आदेशको उलंघन गर्दै चितवनका सीडीओ, पूर्वी चितवनलाई हेला !

    आफ्नै आदेशको उलंघन गर्दै चितवनका सीडीओ, पूर्वी चितवनलाई हेला !

    अनलाइन नेपाल
  • बुधबार, २८ पुष २०७८
  • 1.4K
    SHARES

    चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी (सीडीओ) अस्मान तामाङले आफ्नै आदेशको उलंघन गरेका छन् ।

    पछिल्लो समय जिल्लामा कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै जिल्लामा सञ्चालित मेला महोत्सव बन्द गर्न आदेश दिएका सीडीओ तामाङले आफ्नै आदेशको उलंघन गरेका हुन्।



    सीडीओ तामाङ आफैले जारी गरेको कोरोना रोकथाम तथा नियन्त्रण कार्यविधि अन्तर्गतको आदेशलाई उलंघन गर्दै आज चितवन महोत्सब हेर्न पुगेपछि उनीबाटै उक्त आदेश उलंघन भएको सर्वसाधारणहरु बताउछन्।



    यसअघि २६ पुसको सर्वदलीय बैठकले जिल्लामा सञ्चालन भएका र सञ्चालन तयारीमा रहेको सबै मेला महोत्सव बन्द गर्ने निर्णय गरेको थियो । जसका कारण पुर्वीचितवन महोत्सवहरु प्रभावित भएका थिए भने चितवन महोत्सव सञ्चालन भइसकेकाले दुई दिन व्यवस्थापनको काम गर्न दिइएको थियो।

    बैठकको निर्णयअनुसार सीडीओ तामाङले रत्ननगर महोत्सव, खिचरा महोत्सव र देवघाटमा लाग्ने माघे संक्रान्तिको मेला नगर्न विज्ञप्तिमार्फत आदेश दिएका थिए । महोत्सव बन्द गर्न आदेश दिएका उनै सीडीओ तामाङ भने चितवन महोत्सव हेर्न पुगेका छन् ।

    सीडीयाे तामाङसँगै भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, उपप्रमुख पार्वती शाह, चितवनका प्रहरी प्रमुख एसपी ओमप्रसाद अधिकारीसहित महोत्सवमा पुगेका हुन् ।

    कोरोनाको तेस्रो लहरको सुरू भएपछि सरकारले जोखिम नियन्त्रण गर्न सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेलामा रोक समेत लगाएको छ । १५ माघसम्म जिल्लाका विद्यालयहरू समेत बन्द गर्ने निर्णय कार्यान्वयन भइसकेको छ ।

    जब सीडीओसहितको टोली महोत्सब हेर्न पुग्यो तब मानिसहरुको भीड लागेको प्रत्यक्षदर्शी बताउछन् । मेला महोत्सव बन्द गर्न आदेश दिएर आफै महोत्सव घुम्न पुगेपछि सीडीओ तामाङको आलोचना भएको छ । विद्यालय बन्द गर्न हतार गर्ने प्रशासन महोत्सव सञ्चालनमा लचक देखिएकाे स्थानीयकाे आराेप छ । यति मात्रै नभएर सीडीओ, एसपी र जनप्रतिनिधि नै संक्रमण फैलाउन सक्रिय देखिएकाे उनीहरूकाे आराेप छ ।

    यता, सीडीओ तामाङसँग पूर्वी चितवनका स्थानीयहरु निकै आक्रोशित बनेका छन्।  उनीहरुले आफ्नो क्षेत्रको महोत्सबलाई भने संचालन गर्न नदिने तर  नारायणी नदीको किनारमा संचालित महोत्सबमा भने सीडीओको उपस्थितिलाई लिएर असन्तुष्ट बनेका छन् । उनीहरुले जिल्लाभित्रका कार्यहरुमा सीडीओले समानता नगरेकोमा आलोचना समेत गरेका छन्।

    सीडीओ तामाङ केही दिन अघिमात्रै श्रीमतीलाई सरकारी गाडीमा माछा खरिद गर्न पठाएर विवादित बनेका थिए। त्यतिबेला उनले माछा ब्यापारीलाई थर्काएको र पसल नै सील गराएको खबर बाहिर आएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार