Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • चितवनमा वैशाख १६ गतेदेखि १५ दिनसम्म निषेधाज्ञा

    चितवनमा वैशाख १६ गतेदेखि १५ दिनसम्म निषेधाज्ञा

    अनलाइन नेपाल
  • बुधबार, १५ बैशाख २०७८
  • 2.6K
    SHARES

    चितवन। पछिल्लो समय नयाँ भेरियन्टको कोरोना भाइरसको बिगबिगीले महामारीको रुप लिएसँगै मुलुकभर सक्रिय संक्रमितहरुको संख्या दिनहुँ दिन बढ्दै गएपछि सरकारको निर्देशन अनुसार स्थानीय प्रशासनले निषेधाज्ञा जारि गरेका छन् ।

    यसैबीच, चितवन जिल्लामा पनि कोरोना भाइरस संक्रमितको संख्या ५ सय नाघेपछि जिल्ला प्रशासन कार्यालय चितवनले भोलि अर्थात् बैशाख १६ गते रातिदेखि वैशाख ३१ गतेसम्म १५ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ । आज जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसिसिएमसी)को समन्वयमा जिल्ला प्रशासनले उक्त निर्णय गरेको हो।



    चितवनका सीडीओ प्रेमलाल लामिछानेले जिल्लामा कोरोना (कोभिड १९) संक्रमितको संख्या ५ सय नाघेपछि निषेधाज्ञा गर्ने निर्णय गरिएको जानकारी दिँदै कोरोना संक्रमणको अवस्था हेरेर थप निर्णयहरु गरिने बताए ।



    चितवनमा आजसम्म कोरोना भाइरस ९कोभिड–१९० का सक्रिय संक्रमितको संख्या ५८५ पुगेको छ । पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये भरतपुर महानगरपालिका १०३ रत्ननगर नगरपालिकाका २०, खैरहनी नगरपालिकाका ६, माडी नगरपालिका दुई, राप्ती, कालिका र इच्छाकामनाका एकरएक जना संक्रमित थपिएका छन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार