Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सेनाले बाड्यो चिसोबाट बचाउन नागरिकलाई कम्बल

जाजरकोट । नेपाली सेनाले भेरी नगरपालिका ११ जगतीपुरका ८५ घर परिवारलाई चिसोबाट जोगाउन कम्बल वितरण गरेको छ । स्थानीय तह र कुनै पनि सरकारले राहत स्वरुप सामग्री नदिएको समयमा गाउँमै गएर सेनाले कम्बल वितरण गरेको हो ।

श्री नं. ४ बाहिनी अड्डा अन्तर्गत चन्दननाथ गणले सो राहत सामग्री वितरण गरेको चन्दननाथ गणका गणपति प्रमुख सेनानी श्याम शरण गोतामे जानकारी दिए।

परोपकारी काम गर्दै आएको सेनाले पहिलो चरणमा साहुको ऋणबाट विस्थापित हुने बाध्य भएका र छाक टार्न मुस्किल भइ भारत जाने परिवारलाई उक्त राहत सामग्री दिइएको छ । साथै शिव शंकर माविमा अध्ययनरत अति विपन्न र दलित समुदायका विद्यार्थीहरुको शैक्षिक सामग्री ,खेलकुद सामग्री समेत वितरण गरिएको छ।

चन्दननाथ गणले हालै मात्र जाजरकोट जिल्ला सदरमुकाम खलङ्गामा रातिको समयमा विपदमा परेका घाइते र सिकिस्त विरामीलाई हेलिकप्टरबाट आकस्मिक उद्धार गर्न सहज हुने गरी रात्रीकालिन अवतरण सुविधायुक्त हेलिप्याडको निर्माण सम्पन्न गरेको छ।

राहत पाएपछि नैमती लुहारले सेना आफ्नो लागि भगवानका रुपमा आएर सहयोग गरेको बताइन् । 'जसलाई सहयोग माग्दा पनि कसैले हेरेका थिएनन् तर सेनाले सहयोग गरेको छ, निकै खुसी लागेको छ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077