Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

१ लाख ४० हजार घुससहित विद्युत प्राधिकरण पाटनका सुपरभाइजर पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिजुलीको पोल सार्नका लागि सेवाग्राहीसँग घुस लिएको आरोपमा नेपाल विद्युत प्राधिकरण पाटन कार्यालयमा कार्यरत सुपरभाइजरलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा उदयपुर त्रिवेणी गाउँपालिका -९ घर भइ हाल नेपाल विद्युत प्राधिकरण काठमाडौँ ग्रिड महाशाखा अन्तर्गत पाटन सब-स्टेशनमा कार्यरत (सुपरभाइजर) ३५ बर्षीय सोम प्रसाद पहाडी रहेका छन्।

अख्तियारका अनुसार पहाडीले गोदाबरी नगरपालिका -१स्थित एक व्यक्तिले आफ्नो जग्गामा घर बनाउन बिजुलीको पोल सार्न दिएको निबेदनमा एक लाख ४० हजार घुस मागेका थिए ।

आयोगका अनुसार पहाडीले घुस मागेको भन्ने सूचनाको आधारमा खटिएको अख्तियारको टोलीले उनलाई कार्यालय परिसरबाटै घुसको रकमसहित पक्राउ गरेको जनाएको छ।

साथै, पहाडीले घुसको रकम मागेको अडियो / भिडियो पनि संकलन भएको अख्तियारको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077