Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतमा पटनाबाट गुवाहाटी जाँदै गरेको ठूलो रेल दुर्घटना

काठमाडौँ । भारतस्थित पश्चिम बंगालको जलपाईगुडीमा रेल दुर्घटना भएको छ ।

भारतीय संचारमाध्यमका अनुसार बिकानेर–गुवाहाटी एक्सप्रेस रेलका ६ डिब्बा पटरीबाट खसेका छन् । साथै, दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

रिपोर्टका अनुसार ट्रेनमा कुल २४ कोच थिए, जसमध्ये लगभग १२ कोचहरू प्रभावित भएका छन् । घटना मोयनागुरी भन्ने ठाउँबाट केही पर भएको हो । ट्रेन पटनाबाट गुवाहाटी जाँदै थियो ।

घटनास्थलमा उद्धार कार्य जारी  रहेको बताइएको छ। दुर्घटनामा कति जना घाइते भएका छन् भन्ने तथ्याङ्क भने रेलवेले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077