Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • अन्तःशुल्क स्टीकर छपाइ नेपालमै गर्न अर्थमन्त्री शर्माको निर्देशन

    अन्तःशुल्क स्टीकर छपाइ नेपालमै गर्न अर्थमन्त्री शर्माको निर्देशन

    अनलाइन नेपाल
  • बिहिबार, २९ पुष २०७८
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क ‘स्टीकर’को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन् । काभ्रेको पनौतिस्थित आइटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको बिहीबार निरीक्षण गर्दै मन्त्री शर्माले अर्थ मन्त्रालयलाई आवश्यक स्टीकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिएका हुन् ।

    ‘हामीलाई करिब तीन अर्ब पिस स्टीकर चाहिँदो रहेछ । त्यो तीन अरब स्टीकर छाप्न यस्ता मेसिन कति चाहिन्छन्, तत्काल ल्याएर जडान गर्न आग्रह गर्छु,’ मन्त्री शर्माले भने, ‘कमसेकम अर्थ मन्त्रालयलाई आवश्यक पर्ने स्टीकर उपलब्ध गराउनुहोस् ।’ उनले अबको एक वर्ष अवधिमा मन्त्रालयलाई आवश्यक पर्ने परिमाणको स्टीकर छाप्न सक्नेगरी व्यवस्था गर्न निर्देशन दिए ।



    जडान हुँदै गरेका अत्याधुनिक मेसिनले नोटबाहेक अन्य सबै किसिमका मुद्रण गर्ने जानकारी आफूलाई दिइएको बताउँदै शर्माले यसको ठूलो बजार समेत रहेको उल्लेख गरे ।



    उनले बैंक, यातायात र मालपोत लगायतका विभिन्न क्षेत्रको काम मुद्रण प्रिन्टिङ प्रेसले पाउनसक्ने पनि बताए । आफूले सुरक्षण प्रिन्टिङ प्रेसमा नाफा मात्रै देखेको जिकिर गर्दै शर्माले यसका लागि सरकार लगानी गर्न नहिच्किचाउने पनि जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार