Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • बुढीगण्डकी जलविद्युत् आयोजना आफ्नै पालामा सुरु गर्ने अर्थमन्त्री शर्माको घोषणा

    बुढीगण्डकी जलविद्युत् आयोजना आफ्नै पालामा सुरु गर्ने अर्थमन्त्री शर्माको घोषणा

    अनलाइन नेपाल
  • मंगलबार, २१ मंसिर २०७८
  • 1.5K
    SHARES

    धादिङ । अर्थमन्त्री जनार्दन शर्माले बूढीगण्डकी जलविद्युत् आयोजनाको काम आफू अर्थमन्त्री हुँदा नै थाल्ने बताएका छन् ।

    सोमबार त्रिपुरासुन्दरी मेलामा आयोजित एक सांस्कृति कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले बूढीगण्डकी आफ्नै पालामा बनाउने बताए।



    त्रिपुसुन्दरीको न्वागी मेला जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना निर्माण हुँदा डुबान क्षेत्रमा पर्ने स्थान हो । यहाँका खेतधनीहरूले मुआब्जासमेत बुझिसकेका छन् ।



    कार्यक्रमलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले त्रिपुरासुन्दरी मन्दिर सल्यानकोटसम्म कालोपत्रका लागि नेपाल सरकारले बजेट विनियोजन गर्नेसमेत बताए ।

    विकासका लागि जनताले साथ दिनुपर्ने बताउँदै अर्थमन्त्री शर्माले मध्यपहाडी लोकमार्ग निर्माण पूरा गर्नेसमेत बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार