Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • आयोजना सरकारले आफै बनाउने

    बुढीगण्डकी आयोजनाबाट गेजुवालाई निकाल्ने सरकारको निर्णय

    बुढीगण्डकी आयोजनाबाट गेजुवालाई निकाल्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • बिहिबार, २४ चैत्र २०७८
  • 1K
    SHARES

    काठमाडौं । सरकारले बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजना सरकारले आफै बनाउने भएको छ ।

    बिहीबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बुढीगण्डकीबाट चिनियाँ कम्पनी चाईना गेजुवा ग्रुप कम्पनी लिमिटेड (गेजुवा) लाई निकाल्ने निर्णय गरेको हो । अब उक्त आयोजना सरकारले आफै बनाउने भएको हो ।



    ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनईए इन्जिनियरिङ कम्पनीमार्फत बुढीगण्डकीको लागत अनुमान पुनरावलोकन गर्न भनेको थियो । एनईए इन्जिनियरिङ कम्पनीले लागत पुनरावलोकन प्रतिवेदन भने बुझाइसकेको छैन ।



    यसअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले २०७४ सालमा पनि बुढीगण्डकीबाट गेजुवालाई निकालेको थियो । तर पछि केपी शर्मा ओली नेतृत्वको सरकारले फेरि आयोजना गेजुवालाई नै दिने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार