Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सरकारले पूर्णता पाएसँगै पहिलो मन्त्रिपरिषद् बैठक सुरू

    सरकारले पूर्णता पाएसँगै पहिलो मन्त्रिपरिषद् बैठक सुरू

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 627
    SHARES

    काठमाडौं । मन्त्रिपरिषद् विस्तारपछि पहिलो बैठक बसेको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक सुरु भएको हो ।

    मंगलबार मात्रै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गरेर २३ सदस्यीय बनाएका थिए । प्रचण्डले १२ मन्त्री र ३ राज्यमन्त्री थपेका हुन् । सबैको कार्यविभाजन समेत भइसकेको छ ।



    बैठकमा सरकारको प्रवक्ता तोक्ने तथा अन्य नियमित एजेन्डामा छलफल हुने स्रोतले जानकारी दियो । सामान्यतया सूचना तथा सञ्चारमन्त्रीलाई प्रवक्ताको जिम्मेवारी दिने चलन छ । अहिले माओवादी केन्द्रकी रेखा शर्मा प्रवक्ता छिन् ।



    सञ्चारमन्त्री नियुक्त नहुँदासम्म उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रवक्ताको जिम्मेवारी बहन गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथ ग्रहणको २२ दिनपछि मंगलवार मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार