Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • मन्त्रिपरिषद् बैठक

    रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

    रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, १४ जेष्ठ २०८०
  • 669
    SHARES

    काठमाडौं । टीकापुर हत्याकाण्डका मुख्य योजनाकार रेशम चौधरीलाई आमाफी दिन सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

    आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रेशमलाई आममाफी दिन राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय गरेको हो ।



    बैठकले हाल बन्दी जीवन विताइरहेका विभिन्न व्यक्तिहरुलाई पनि आममाफी र कैद मिनाहा हुनेगरी सिफारिस गरेको छ । सोमबार परेको गणतन्त्र दिवसका अवसरमा चौधरीलाई छाड्ने सरकारको योजना छ ।



    यस्तै बैठकले हाल बन्दी जीवन विताइरहेका विभिन्न व्यक्तिहरुलाई पनि आममाफी र कैद मिनाहा हुनेगरी सिफारिस गरेको छ ।

    यसअघि जेठ १२ मा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको आममाफी सम्बन्धी प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाएका थिए । गणतन्त्र दिवसको दिन राष्ट्रपतिले चालचलन राम्रो भएका कैदीको समाज मिनाहा गर्ने प्रचलन छ ।

    प्रदेश सीमांकनपछि थरुहट प्रदेशको माग गर्दै भएको आन्दोलनमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित आठ सुरक्षाकर्मी र एक नाबालकको हत्या भएको थियो।

    कैलालीको टीकापुरमा ०७२ साल भदौ ७ गते भएको घटनासम्बन्धी मुद्दामा रेशम चौधरीसहित ११ जनालाई कर्तव्य ज्यानको मुद्दा दायर भएको थियो ।

    कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले टिकापुर घटनामा दोषी ठहर गरेपछि रेशमलाल चौधरी अहिले कारागार कार्यालय डिल्लीबजारमा कैद सजाय भुक्तान गरिरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार