Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • ओलीको प्रश्‍न : बुढीगण्डकी नेपालकै लगानीमा बनाउने कुरा गफै त हो सम्धी ?

    ओलीको प्रश्‍न : बुढीगण्डकी नेपालकै लगानीमा बनाउने कुरा गफै त हो सम्धी ?

    अनलाइन नेपाल
  • बिहिबार, १२ जेष्ठ २०७९
  • 984
    SHARES

    काठमाडौँ- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुढीगण्डकी जलविद्युत आयोजना नेपालकै लगानीमा बन्ने भन्ने कुरा गफ मात्रै भएको बताएका छन् ।

    संसद्‌ बैठकमा बोल्दै ओलीले बुढीगण्डकी नेपालकै लगानीमा बनाउने भन्‍ने कुरा ‘गफै हो त सम्धी’ भन्या जस्तो भएको बताए ।



    शेरबहादुर देउवाको नेतृत्वमा सरकार आएपछि बुढीगण्डकी चीनलाई नदिने भन्ने निर्णय भएको ओलीले बताए ।



    ‘बुढीगण्डकी नेपालकै लगानीमा बनाउने भन्‍ने कुरा गफै हो त सम्धी ?’ ओलीले भने चीनलाई निर्माण गर्न दिने भन्ने एमाले माओवादीको सरकारले गर्‍यो । तर शेरबहादुर देउवाको नेतृत्वमा सरकार आएपछि चीनलाई नदिने भन्ने निर्णय भयो । हामीले खर्च गरिसक्यौँ नेपालको निर्णयले असर गर्‍यो भनेर चीनले भन्यो । त्यसपछि मैले सबैतिर बुझेँ’ ओलीले भने ‘कतै खुशी पार्नका लागि चीनलाई नदिने भन्ने भयो । सहयोग भए विचार गरौँला नत्र लिन्नै भने । सबैसँग नलिने हो कि कुनै एक देशमा मात्र हो ?’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार