Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • केपी ओलीले भने – एमालेबाहेक अन्य दलले मधेसमा विकास गर्न सक्दैनन्

    केपी ओलीले भने – एमालेबाहेक अन्य दलले मधेसमा विकास गर्न सक्दैनन्

    अनलाइन नेपाल
  • बुधबार, २२ चैत्र २०७९
  • 432
    SHARES

    वीरगन्ज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेबाहेक अन्य दलले मधेसमा विकास गर्न नसक्ने बताएका छन् ।

    बुधवार बाराको गढीमाईमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    एमालेले सरकारको नेतृत्व लिएका बेला तराई मधेसमा विकासको लहर नै ल्याएको अध्यक्ष ओलीले बताए । ओलीले मधेसको मसिहा भन्नेहरूले मधेसका जनता ठग्नेबाहेक केही नगरेको आरोप लगाए ।



    एमाले नेतृत्वको सरकारले साढे तीन वर्षकै कार्यकालमा तराई-मधेसमा बहुप्रतिक्षित हुलाकी राजमार्ग, हरेक पालिकामा स्वास्थ्य संस्थाको भवन जस्ता राष्ट्रिय गौरबका आयोजनाहरुको निर्माण भएको जिकिर गरे।

    उनले एमालेलाई मधेस प्रदेशमा निषेध गर्ने नारा चलिरहकै बेला एमाले नेतृत्वको सरकारले मधेसका १ लाख २२ हजार हेक्टर जग्गा सिञ्चित गर्ने ‘सुनकोशी-मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ ल्याएको पनि सुनाए।

    एमाले नेतृत्वकै सरकारले मधेसमा ‘जनता आवास ’ कार्यक्रम ल्याएर हजारौँ गरिब दलितलाई पक्की घर बनाएर दिएको पनि जिकिर उनले गरे।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार