Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पोखरामा केपी ओली कप क्रिकेट प्रतियोगिता सुरु

    पोखरामा केपी ओली कप क्रिकेट प्रतियोगिता सुरु

    अनलाइन नेपाल
  • बिहिबार, ७ मंसिर २०८०
  • 720
    SHARES

    पोखरा । पोखरामा केपी ओली कप टी-२० क्रिकेट प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा प्रतियोगिता सुरु भएको हो ।

    प्रतियोगिताको उद्घाटनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरे । अध्यक्ष ओलीले प्रतियोगिताको बलिङ र ब्याटिङ गरेर प्रतियोगिताको उद्घाटन गरेका छन् । उद्घाटनपछि ओलीले खेलाडीहरूलाई व्यवसायिक बनाउनुपर्ने बताए ।



    उनले खेलकुदमा मुलुकलाई समृद्ध बनाउनका लागि खेलाडीलाई व्यवसायिक बनाउनुपर्ने बताए । मंसिर १५ सम्म पोखरा रंगशालामा हुने ‘केपी ओली कप राष्ट्रिय ट्वान्टी-२०’ प्रतियोगितामा ७ प्रदेशका सात टिम, तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब र मदन भण्डारी स्पोर्ट्स एकेडेमीका दुई टिम सहभागिता रहेको छ ।



    समूह ‘ए’ मा वाग्मती प्रदेश, कर्णाली प्रदेश र आयोजक एकेडेमी रातो, समूह ‘बी’ मा एपीएफ, लुम्बिनी र गण्डकी, समूह ‘सी’ मा नेपाल पुलिस, मधेश प्रदेश र सुदूरपश्चिम तथा समूह ‘डी’ मा त्रिभुवन आर्मी, कोशी प्रदेश र मदन भण्डारी स्पोर्ट्स एकेडेमी नीलो छन् ।

    विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । म्यान अफ द सिरिजले ३० हजार, बेस्ट ब्याटार र बलरले जनही २० हजार र म्यान अफ द म्याचले ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । खेल सम्पन्न गर्नको लागि करिब ७७ लाख खर्च लाग्ने अनुमान गरिएको एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार