Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एमाले सांसदलाई ओलीको प्रश्न – संसद्‍मा किन नुन खाएको कुखुराजस्तो हुनुभयो ?

    एमाले सांसदलाई ओलीको प्रश्न – संसद्‍मा किन नुन खाएको कुखुराजस्तो हुनुभयो ?

    अनलाइन नेपाल
  • शनिबार, ६ जेष्ठ २०८०
  • 978
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद्मा आफ्नो पार्टीले सशक्त उपस्थिति देखाउन नसकेको बताएका छन् ।

    सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रमबारे सांसदहरूलाई प्रशिक्षण दिन बोलाइएको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।



    अध्यक्ष ओलीले भने, संसद्मा हाम्रो उपस्थिति लुलो-लुलो भयो, नुन खाएको कुखुराजस्तो भयो । एमाले किन ओइलाए ओइलाए जस्तो, नुन खाएको कुखुरा जस्तो, अलि तेजतर्रार नभएको जस्तो ?



    अध्यक्ष ओलीले जोशजाँगरसहित संसदमा सशक्त रूपमा प्रस्तुत हुन निर्देशन पनि दिएका छन् । संसद्मा प्रस्तुत नीति तथा कार्यक्रम समर्थन लायक नभएको ओलीको टिप्पणी गरे।

    नीति तथा कार्यक्रमले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक कुनै पनि समस्या पहिचान गर्न नसकेको पनि उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार