Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • सुँगुरको मिर्गौला जीवित मानिसमा प्रत्यारोपण

    सुँगुरको मिर्गौला जीवित मानिसमा प्रत्यारोपण

    अनलाइन नेपाल
  • शुक्रबार, १४ बैशाख २०८१
  • 1.1K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । संयुक्त राज्य अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गौला जीवित मानवमा प्रत्यारोपण भएको छ ।

    शल्य चिकित्सकहरूले दोस्रो पटक जीवित व्यक्तिमा सुँगुरको परिमार्जित मिर्गौला प्रत्यारोपण गरेका हुन् ।



    न्युयोर्कको एनवाईयू ल्याङ्गोन हेल्थ सेन्टरमा ५४ वर्षीया लिसा पिसानो नाम गरेक महिलामा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको हो ।



    ती महिला हृदयघात र अन्तिम चरणको मिर्गौला रोगबाट पीडित रहेको र उनलाई केही दिनमात्रै जीवित राख्न सकिएको डाक्टरहरूले बताएका छन् ।

    डाक्टरहरूले मिर्गौला प्रत्यारोपणअघि हृदयघातको उपचार स्वरूप मेकानिकल पम्प दिएका थिए । यस्तो जटिल अवस्थाको बिरामीमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरेको यो पहिलो पटक भएको डाक्टरहरूको दाबी छ ।

    यस्तै गएको मार्च महिनामा पहिलो पटक अमेरिकामै एक जीवित बिरामीमा सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार