Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एरिकाले अमेरिकामा जितिन् स्वर्ण र रजत पदक

    एरिकाले अमेरिकामा जितिन् स्वर्ण र रजत पदक

    अनलाइन नेपाल
  • सोमबार, १९ चैत्र २०८०
  • 279
    SHARES

    काठमाडौं । नेपाली कराते खेलाडी एरिका गुरुङले अमेरिकामा भएको युएस ओपन इन्टरनेसनल कराते च्याम्पियनसिपमा १ स्वर्ण र १ रजत जितेकी छन् ।

    १९औं एसियाडकी रजत विजेता एरिकाले यू-२१ इलिटतर्फ महिला ६८ केजीमाथि तौल समूहमा स्वर्ण जितेकी हुन् ।



    गएराति भएको खेलमा एरिकाले क्यानडेली खेलाडीलाई ९/० ले पराजित गरेकी थिइन् ।



    यस्तै सिनियर इलिटको ६८ केजीमाथी भने एरिका फाइनलमा पराजित हुँदे रजत जितिन् ।

    सोमबार बिहान सम्पन्न फाइनलमा एरिका अमेरिकी खेलाडीसँग प्रतिस्पर्धात्मक खेलमा ३-२ ले पराजित भइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार