Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • पानीजहाज ठोक्किँदा बाल्टिमोरको पुल भत्कियो

    पानीजहाज ठोक्किँदा बाल्टिमोरको पुल भत्कियो

    अनलाइन नेपाल
  • मंगलबार, १३ चैत्र २०८०
  • 444
    SHARES

    एजेन्सी । अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा रहेको पुल भत्किएको छ ।

    मंगलबार बिहानपख कार्गो जहाज ठोक्किँदा ‘फ्रान्सिस स्कट की’ पुल भत्किएको हो ।



    पुल भत्किएपछि कम्तीमा ७ वटा गाडी नदीमा खसेको छन् । युट्युबमा पोस्ट गरिएको लाइभ भिडियोमा जहाजले पुललाई ठक्कर दिएको देखिन्छ ।



    त्यसपछि पुलका केही स्पानहरू भत्किएका छन् । घटनापछि मेरिल्यान्डका गभर्नर वेस मुरले राज्यमा आपत्काल घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

    अहिले नदीमा हराइरहेका व्यक्तिको खोजीका लागि गोताखार परिचालन गरिएको छ ।

    सन् १९७७ मा सञ्चालनमा आएको उक्त पुल मेरिल्यान्डका लेखक तथा अधिवक्ता फ्रान्सिस स्कट कीको सम्मानमा नामकरण गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार