Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • चक्कु प्रहार गरेर अमेरिकामा चार जनाको हत्या

    चक्कु प्रहार गरेर अमेरिकामा चार जनाको हत्या

    अनलाइन नेपाल
  • बिहिबार, १५ चैत्र २०८०
  • 447
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अमेरिकाको इलिनोइस राज्यमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरी चार जनाको हत्या गरेका छन्।

    राकफोर्ड शहरका प्रहरी प्रमुख कार्ला रेडका अनुसार एक जना २२ वर्षीय युवकले चक्कु प्रहार गरेका थिए ।



    आक्रमणमा परी सात जना घाइते छन्। चक्कु प्रहारबाट दुई महिला र दुई पुरुषको मृत्यु भएको छ ।



    उनीहरु १५ देखि ६३ वर्ष उमेर समूहका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।

    आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार