Jun 21 2026 | २०८३, आषाढ ७ गते

21 Jun 2026 | आइतवार, आषाढ ७ गते २०८३

आइतवार, आषाढ ७ गते २०८३
images
images

आज सातौँ योग दिवस मनाइँदै

काठमाडौं । सरकारले आज सातौँ राष्ट्रिय योग दिवस मनाउँदै छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले ‘सर्वाङ्गीय विकासका लागि योग’ भन्ने आर्दश वाक्यका साथ योगाभ्यास र योगबारे जनचेतना जगाई दिवस मनाउन लागेको हो।

विभागका निमित्त महानिर्देशक डा श्यामबाबु यादवले कोरोना भाइरसको कारणले यसवर्ष भर्चुअलरूपमा दिवस मनाउन थालिएको जानकारी दिए।
उनले विभागकै हलमा २५ को उपस्थितिमा सातप्रदेशलाई भर्चुअलरूपमा जोडेर योगाभ्यास र जनचेतनामूलक कार्यक्रम गर्ने बताए।

दिवसकै अवसरमा आइसोलेशनमा रहेका कोरोना संक्रमितलाई पनि योगाभ्यास गराउने उनले बताए । विभागका निमित्त महानिर्देशक डा यादवले योगले मानिसको सकारात्मक सोच विकास गर्नुको साथै रोग प्रतिरोधात्मक क्षमताको विकास गराउने बताए।

सरकारले २०७२ सालदेखि प्रत्येक वर्ष माघ १ गते योग दिवस मनाउन थालेको हो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077