Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

रवीन्द्र मिश्रलाई पनि कोरोना पुष्टि, सम्पर्कमा आएकालाई सावधानी अपनाउन आग्रह

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार दिउँसो सामाजिक सञ्जालमार्फत अध्यक्ष मिश्रले आफूलाई पनि कोरोना संक्रमण भएको जानकारी दिएका हुन् ।

मिश्रले 'बाहिर हेर्दा उस्तै, भित्रभित्रै कोरोना भाइरस ! भन्दै अस्पतालमा परीक्षणपछि घर आएर सुरक्षित रूपमा बसेको र अहिले सबै सामान्य रहेको' उल्लेख गरेका छन् ।

‘म पनि कोभिड पोजेटिभ देखिएको छु। गत केही दिनमा मेरो नजिकको सम्पर्कमा आउनुभएका साथी शुभेच्छुकलाई सावधानी अपनाउन र आवश्यक देखिए परिक्षण गर्न विनम्र आग्रह गर्दछु। अस्पतालमा परिक्षणपछि घर आएर सुरक्षितरुपमा बसेको छु। अहिले सबै ठिकै छ,’ मिश्रले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077