Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

'खल्ती एप्सको कर्मचारी हुँ’ भन्दै अनलाइन ठगी गर्ने दुई युवक महाशाखाको फन्दामा

काठमाडौँ । महानगरीय प्रहरी अपराध महाशाखाले 'खल्ती एप्सको कर्मचारी हुँ’ भन्दै अनलाइनमार्फत् ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा पर्सा छिपहरमाई गाउँपालिका-२ का १८ बर्षीय निरन्जन कुमार गुप्ता र करण यादव रहेका छन्।

महाशाखाका अनुसार ठगी कार्यमा संलग्न उनीहरुले पीडितहरुलाई सम्पर्क गरी आफू खल्ती एप्सको कर्मचारी रहेको र उक्त खाता नवीकरण गर्नुपर्ने भन्दै पिडितकै आइडीमार्फत् ठगी गर्ने गरेका थिए।

पक्राउ परेका उनीहरुले पिडितहरुलाई बिश्वासमा पारेर एप्सको कोड लिएर उनीहरुको नाममा रहेको बैंक खाता, ईसेवा, खल्तीजस्ता आईडीमा रकम ट्रान्सफर गर्ने गरेको अनुसन्धानमा खुलेको महाशाखाको भनाइ छ।

गुप्ता र यादवलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसरमा पठाइएको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077