Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चिसोका कारण कठ्याङ्ग्रिएर फेरि महिलाको मृत्यु

सिरहा । अत्यधिक चिसोका कारण कठ्याङ्ग्रिएर सिरहाको गोलबजार–३ मा आज एक महिलाको मृत्यु भएको छ ।

केही दिनदेखि गोलबजार नगर क्षेत्रमा मागि खाँदै आएकी ५० वर्षीया महिलाको शव गोलबजार नगरपालिका–३ नमुना दलित बस्ती नजिकै फेला परेको प्रहरीले जनाएको छ ।

विगत केही दिनदेखि बढेको अत्यधिक चिसो र शीतलहरका कारण महिलाको मृत्यु भएको स्थानीयवासीले बताएका छन् ।

यता प्रहरीले महिलाको शव परीक्षणका लागि लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा पठाएको र घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

यसअघि चिसोका कारण सिरहा, सप्तरी र धनुषामा एक–एक जनाको कठ्याङ्ग्रिएर मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077