Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

शान्ति सेनामा गएका सेनाले पाए 'द फोर्स कमाण्डर कमेण्डेन्सन'

काठमाडौं । मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्रसंघको शान्ति मिशनअन्तर्गत शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाको टोलीले प्रशंसापत्र प्राप्त गरेको छ ।

नेपाली सेनाको जबरजंग गण (शान्ति सेना) तेस्रो डफ्फाले आफ्नो जिम्मेवारी क्षेत्र अन्तर्गत बोयो इलाकामा रहेका हतियारधारी समूहलाई हटाउन सफल भएकोमा प्रशंसापत्र प्रदान गरिएको हो ।

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारीअनुसार सो इलाकामा मंसिर २७ देखि पुस ८ सम्म सञ्चालन गरेको गस्ती ‘जबर–१’ तथा पुस ९ देखि हालसम्म सञ्चालन गरेको गस्ती ‘जबर–२’ का क्रममा त्यहाँ रहेका हतियारधारी समूहलाई नेपाली सैनिक टोलीले हटाउन सफल भएको हो ।

मिशन अन्तर्गतको जिम्मेवारी पूरा गर्दै नागरिक सुरक्षामा प्रभावकारी कार्य गरेको भन्दै ‘मिनुस्का, फोर्स हेडक्वाटर’ बाट नेपाली सैनिक टोलीले ‘द फोर्स कमान्डर्स कमेन्डेशन’ प्राप्त गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077