Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • माघ १६ गतेदेखि विद्यालयमा कोभिडविरुद्धको खोप अभियान चलाइने

    माघ १६ गतेदेखि विद्यालयमा कोभिडविरुद्धको खोप अभियान चलाइने

    अनलाइन नेपाल
  • मंगलबार, ४ माघ २०७८
  • 1K
    SHARES

    काठमाडौं । भौतिक उपस्थितिमा पठन–पाठन गराउन नपाउने गरी ‘बन्द’ भएका देशभरका विद्यालयहरु खोप अभियानका लागि खोलिने भएको छ। समूदायस्तरमै कोरोना विरुद्धको खोप लगाउने अभियान चलाउन सबै विद्यालयहरुलाई खोपकेन्द्रका रुपमा प्रयोग गर्न लागिएको हो।

    गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षमा मंगलबार गृह मन्त्रालयमा बसेको सरोकारवालाहरुको बैठकले माघ १६ गतेदेखि २० गतेसम्म विद्यालय खोलेर विद्यालयलाई कोरोना विरुद्धको खोप लगाउने केन्द्रका रुपमा प्रयोग गर्ने निर्णय गरेको हो।



    मंगलबारको बैठकमा गृहमन्त्री खाणसहित गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा। रोशन पोखरेल, नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंह, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने लगायत उपस्थित थिए।



    बैठकले माघ १६ गतेदेखि २० गतेसम्म कोभिडविरुद्धको खोप लगाउने प्रयोजनका लागि विद्यालय खोल्ने निर्णय गरेको गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले जानकारी दिए। त्यो समयमा विद्यालयमा खोप अभियान चलाइने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार