Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रधानमन्त्री कपको उपाधि एपीएफलाई

काठमाडौँ । प्रधानमन्त्री (पीएम) कप राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि एपीएफ क्लबले जितेको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानामा विभागीय टोली नेपाल पुलिस क्लबलाई २१ रनले पराजित गर्दै एपीएफले जितेको हो ।

खेलमा टस हारेर पहिला ब्याटिङ गरेको एपीएफले दिएको १५८ रनको विजय लक्ष्य पछ्याउने क्रममा पुलिस निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३६ रनमा समेटिएको थियो ।

पुलिसका लागि दीपेन्द्रले सर्वाधिक ६५ रन बनाए । यस्तै दिलीप नाथले २३ बनाउँदा अनिल शाह १० रन र आरिफ शेख १२ बनाए। एपीएफका किशोर महत्तोले सर्वाधिक तीन विकेट लिए ।

यसअघि एपीएफले निर्धारित २० ओभरमा एक बल बाँकी रहदा सबै विकेट विकेट गुमाएर १५८ रनको योगफल तयार पार्‍याे । एपीएपका लागि अमर सिंह राउटेलाले सर्वाधिक २९ रनको योगदान गरे । यस्तै लोकेश बमले २७ रन बनाउँदा सन्दीप जोराले २४, भुवन कार्कीले २७ रनको योगदान गरे ।

पुलिसको वलिङमा दिपेन्द्र सिंह ऐरी र सागर ढकालले सर्वाधिक ३ विकेट लिँदै उत्कृष्ट प्रदर्शन गरे । प्रतियोगिताको विजेता टोली एपीएफले पाँच लाख र उपविजेता पुलिसले तीन लाख प्राप्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077