Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • ढुङ्गा र हँसिया प्रहार गरी पतिको हत्या, श्रीमती पक्राउ

    ढुङ्गा र हँसिया प्रहार गरी पतिको हत्या, श्रीमती पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, ६ माघ २०७८
  • 1.6K
    SHARES

    काठमाडौं । हँसिया र ढुङ्गा प्रहार गरी रोल्पामा एक महिलाले आफ्नै पतिको हत्या गरेकी छिन् ।

    जिल्लाको सुनछहरी गाउँपालिका–६ फगाम झिरवाङकी ४१ वर्षीया मीना पुनले ४५ वर्षीय पति काले पुनको हँसिया र ढुङ्गा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।



    मानसिक सन्तुलन ठीक नभएकी मीनाले पति काले गोठमा सुतिरहेको अवस्थामा एक्कासि हँसिया र ढुङ्गा प्रहार गरेको बताइएको छ ।



    पत्नी मीनाले पति कालेको हत्या गरेको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय जेल्वाङको प्रहरी टोली घटनास्थल पुगी अभियुक्त मीनालाई नियन्त्रणमा लिएको थियो ।

    घटनामा संलग्न मीनालाई जिल्ला अदालतमा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्ण रानाले जानकारी दिए । अभियुक्तलाई इलाका प्रहरी कार्यालय सुलिचौरको हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार