Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मन्त्री यादवले दिइन् सीके राउतलाई ज्यान मार्ने धम्की

    मन्त्री यादवले दिइन् सीके राउतलाई ज्यान मार्ने धम्की

    अनलाइन नेपाल
  • बिहिबार, ६ माघ २०७८
  • 2K
    SHARES

    रौतहट । जनता समाजवादी पार्टीकी नेतृ एवं संघीय सरकारकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले जनमत पार्टीका अध्यक्ष डा सीके राउतलाई ज्यान मार्ने धम्की दिएकी छन् ।

    बिहीबार बलिदानी दिवस मनाउन गौर आएकी मन्त्री यादवलाई राउत नेतृत्वको जनमतका कार्यकर्ताले अवरोध गर्न खोजेका थिए । अवरोध छिचोल्दै कार्यक्रममा पुगेकी उनले राइस मिल घटना दोहोरिन सक्ने भन्दै आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिएकी हुन्।



    विसं ७ चैत २०६३ मा राइसमिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले छुट्टैछुट्टै कार्यक्रम राखेका थिए । त्यसक्रममा भएको हिंसात्मक घटनामा तत्कालीन नेकपा माओवादीका २८ कार्यकर्ताको हत्या भएको थियो ।



    सम्बोधनमा उनले भनिन् ‘तुफानसँग टकराउने प्रयास गर्यो भने तपाईको त्यही हालत हुन्छ जुन गौरको राइस मिलमा भएको थियो । म डाक्टर साब (सिके राउत) लाई भन्छु, त्यो इतिहास नभुलुन् । नत्र तपाईंका कार्यकर्ता मारिन्छन्, सतर्क रहनुस् ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    2 responses to “मन्त्री यादवले दिइन् सीके राउतलाई ज्यान मार्ने धम्की”

    1. […] । नागरिक समाजले हिंसात्मक अभिव्यक्ति दिएको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री […]

    2. […] पोखरेलले बिहीबार भौतिक पूर्वाधार तथा यातायातम… गौर नरसंहार दोहोर्‍याउने चेतावनी […]

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार