Jun 09 2026 | २०८३, जेठ २६ गते

09 Jun 2026 | मंगलवार, जेठ २६ गते २०८३

मंगलवार, जेठ २६ गते २०८३
images
images

चन्द्रागिरीमा हिउँ पर्न थाल्यो (भिडियो)

काठमाडौं । पश्चिमी वायुको प्रभाव परेसँगै देशका उच्च पहाडी तथ हिमाली भेगमा हिमपात पर्न थालेको छ ।

चन्द्रागिरी हिल्स प्रा.लि.का अनुसार बिहीबार दिउँसो साढे १ बजेदेखि चन्द्रागिरी डाँडामा हिउँ पर्न थालेको छ ।

चन्द्रागिरी हिल्स प्रा.लि.को फेसबुक पेजबाट वर्षासँगै हिउँ परिरहेको लाइभ भिडियो प्रसारण भइरहेको छ ।

गत पुसमा पनि चन्द्रागिरी डाँडा, फुल्चोकी, शिवपुरी डाँडामा हिउँ परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077