Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नक्कली नोटको कारोबारमा संलग्न दुई जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले नक्कली नेपाली नोटको कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ ।

खैरहनी नगरपालिका–३ घर भई हाल भरतपुर महानगरपालिका–३ बेलचोकमा डेरा गरी बस्ने २५ वर्षीय पबिता घतानी र राप्ती नगरपालिका–७ बस्ने २७ वर्षीय गगन लाल तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका व्यक्तिमाथि मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत मुद्रा सम्बन्धी कसुर (खोटा मुद्रा) मुद्दामा चितवन जिल्ला अदालतबाट पाँच दिनको म्याद अनुमति लिएको छ ।

उनीहरु माथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077